कानूनी साक्षरता अभियानमा गिरी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/अनलाइन नवीकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तात्कालीन सरकारले ल्याएको नागरिकता विधेयक जस्ता जनसरोकारका मुद्दामा सफलता हासिल गरेका अधिवत्ता विष्णुकुमार गिरी पछिल्लो समय कानूनी साक्षरता अभियानमा जुटेका छन् ।
कानूनको सिद्धान्तमै ‘कानूनको अज्ञानता क्षम्य नहुने’ भन्ने व्यवस्था छ । कसैले कुनै गल्ती ग¥यो र मलाई यो थाहा थिएन, मैले जानिन भनेर क्षमा पाउँदैन भन्ने कुरा कानूनी मान्यता हो । त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने विदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक भइरहेका बेला अधिवक्ता गिरीले कानूनी साक्षरता अभियानमा जुट्न थालेको बताएका छन् ।
विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यमबाट नियमित रुपमा कानूनसम्बन्धी लेख रचना तथा अन्तर्वार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा जानकारी दिँदै आएका गिरीले स्थानीय तहको समन्वयमा विभिन्न जिल्ला तथा स्थानीय निकायहरुमा कानूनी साक्षरता अभियान सञ्चालन गर्ने बताएका छन् ।
महिला कानूनी साक्षरता तालिम तथा जनप्रतिनिधिहरुलाई कानूनसम्बन्धी तालिम लगायतको कार्यक्रमको सञ्चालन गर्ने तयारीमा गिरी यतिबेला जुटेका बताइएको छ । मेलमिलापकर्ता समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय कानूनसम्बन्धी विभिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम समेत दिदै आएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *