‘भेडीकम्मलको प्वाल’ शनिबार सार्वजनिक हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ क्षितिज मगरद्वारा लिखित ‘भेडीकम्मलको प्वाल’ भोलि शनिबार काठमाडौंमा विमोचित हुने भएको छ । माओवादी द्वन्द्व कालका राम्रा नराम्रा सबै पक्षलाई साङ्गोपाङ्गो रुपमा कथाबस्तु बनाइएको उक्त कृतिका लेखक स्वयम् पनि द्वन्द्वकालका लडाकु रहेकाले कथा पढनीय रहेको बताइएको छ ।
विवेक सिर्जनशील प्रकाशन प्रा.लि.द्वारा प्रकाशित उक्त कृतिमाथि प्रमोदकुमार प्रधान, नवीन विभाष र भावेश भुमरीले समीक्षा गर्ने कार्यक्रम रहेको प्रा.लि.का सञ्चालक विजयराज आचार्यले जानकारी दिए । सो कार्यक्रम प्रा.डा.केशव सुवेदीको प्रमुख आतिथ्यतामा हुने बताइएको छ । काठमाडौंको अनामनगरस्थित एक सभाकक्षमा हुने सो कार्यक्रममा विभिन्न साहित्यकारहरुले आफ्नो मन्तव्य राख्ने तथा लेखक स्वयम्द्वारा हस्ताक्षरित कृति किन्न पाइने व्यवस्था पनि प्रकाशकले मिलाएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *