ललितपुर बारमा शनिवार निर्वाचन

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ ललितपुर बार एसोसिएनको नयाँ कार्यसमितिका लागि माघ ७ गते (शनिबार) हुने निर्वाचनमा पेशागत तथा प्रगतिशील कानून व्यवसायी संघ (पिपिएलए), सामाजवादी कानून व्यवसायी संघ (एसपिएलए) र प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए) ले मिलेर संयुक्त प्यानल खडा गरेका छन् ।
बृहत् प्रगतिशील, लोकतान्त्रिक, समाजवादी, समाबेशी समूह नाम दिइएको प्यानलको अध्यक्षमा शशीकुमार कार्की, उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा सजनी श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रबहादुर महर्जनले उम्मेदवारी दिएका छन् । यस्तै, महिला सदस्यहरुमा सावन्ता थापा र शिरिसा श्रेष्ठ, खुल्ला सदस्यहरुमा लीलानाथ घिमिरे, विष्णुकुमार गिरी, सुभाषचन्द्र राई, दीपेन्द्रराज शिल्पकार, धर्मसिंह कार्की, राम विष्ट, महेश महत र प्रकाश बुढाथोकीले उम्मेवारी दिएका छन् । निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
संयुक्त समावेशी प्यानलको प्रतिस्पर्धा गणतान्त्रिक प्रगतिशील पेशागत कानून समूहका राम श्रेष्ठको नेतृत्वको प्यानलसँग हुने बताइएको छ । अहिलेको कार्यसमितिले दुई बर्षको कार्यकाल लम्ब्याउँदै निर्वाचन पर सार्दै आएको थियो । झण्डै तीन बर्षपछि नयाँ नेतृत्व चयन हुँदैछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *