कौशलटारमा लुगा धुलाइको सेवा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ मध्यपुर थिमीको वडा नं.३ स्थित कौशलटारमा लुगा धुलाईका लागि ‘लाउण्ड्री स्टेशन’ खुलेको छ । सबै खाले लुगाहरु उचित मूल्यमा आइरनसमेत गरेर दिने उद्देश्यका साथ उक्त ‘लाउण्ड्री स्टेशन’ खोलिएको स्टेशनका संचालक माधव पोखरेलले जानकारी दिएका छन् ।
कौशलटार चोकबाट बालकोटतर्फ लाग्नासाथै रहेको बस स्टेशनबाट केही घर तल रहेको कुमुदिनी मार्टसँगै उक्त ‘लाउण्ड्री स्टेशन’ रहेको छ । लुगा धुलाइसँगै आइरन सेवा समेत दिंदै आएको अर्का संचालक सन्तोष कार्कीले जानकारी दिए । लुगा धुलाइका लागि एकदमै उचित मूल्य दर राखिएको जानकारी दिंदै कार्की भन्छन्, ‘हामीले गुणस्तरलाई ख्याल गरी सबैका लागि सहज हुने गरी दर कायम राखेका छौं । सेवा गर्नेको मौका दिएमा सन्तुष्टी दिने नै छौं’
पार्किङसमेत सेवा उपलब्ध रहेको उक्त ‘लाउण्ड्री स्टेशन’ ले सो क्षेत्रमा रहेका होटल, अस्पताल तथा होस्टलहरुलाई विशेष सुविधा योजना पनि ल्याएको जनाएको छ । कतिपय अवस्थामा लुगा लिन जाने तथा पु¥याइदिने सेवा समेत उपलब्ध गराइएको जानकारी गराइएको छ । उक्त सेवा लिनका लागि फोन नं.०१ ५९१२८९३, ९८५१०३३३५३, ९८५१३२८४९३ मा सम्पर्क गर्न सकिने पनि जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *