बिगमार्टको छुट सुविधा

Nayabimarsha (Weekly Newspaper from Nepal)

कााठमाडौँ/ विद्युतीय कारोबारलाई प्रवद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार तरकारी तथा फलपूmल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा दिइने छुट अफर सार्वजनिक गरेको छ ।
यस छुट अपÞmरअन्तर्गत ग्राहकहरुले तरकारी तथा फलपूmल खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रू.एक सय ५० सम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
यस अफरअन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन.आई.सी. एशिया बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *