क्यानका डिजीको कमिशन मोहले हवाई क्षेत्र असुरक्षित

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको कमिशनमोह र भ्रष्टाचारले नेपालमा पर्यटकहरुको आगमन बन्द हुने अवस्थामा पुगेको छ । अधिकारीले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा आर्जन गरेको मोटो रकम तात्कालिन पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई पाउमा चढाएर महानिर्देशक बन्न सफल भएको जानकारहरुले बताएका छन् ।
आइकाओ र युरोपियन यूनियनको कालोसूचीमा परेको नेपाल गत माघ १ गते भएको यती एयरलाइन्सको एटीआर जहाज पोखरामा दुर्घटना हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा हवाई क्षेत्रको सुरक्षामाथि फेरी प्रश्न उठेको छ । यती एयरलाइन्सको दुर्घटनामा ७२ जनाले ज्यान गुमाएपछि नेपालका निजी विमान चढ्न जापानले आफ्ना नागरिकहरुलाई रोक लगाएको समाचार श्रोतले बताएको छ ।
नेपालमा हालसम्म एक सय चार विमान र ३६ हेलिकप्टर दुर्घटना भएको बताइएको छ । नेपालमा नेपाल वायुसेवा निगम बाहेक निजी विमान कम्पनीका जहाजहरु यती, बुद्ध, सौर्य, तारा, श्रीलगायतका विमानको पाटपूर्जाहरु परीक्षण नगराई कर्मचारी (एयरपोर्टका महाप्रबन्धक) हरुलाई घुस खुवाएर जहाज परीक्षण नै नगराई उडाउने प्रवृत्तिले दुर्घटना हुने गरेको समाचार स्रोतले बताएको छ । राजनीतिक नेतृत्वको आडमा खुलेका असुरक्षित विमानस्थलहरुमा हवाई व्यवसाय सञ्चालन गरेका कारण नेपालमा थोत्रा विमान ल्याएर उडाउँदा विमान दुर्घटना भैरहेको बताइन्छ ।
यस्तै, विमान कम्पनीहरुको कमिशनमा रमाउने गरेका नागरिक उड्डयनका महानिर्देशक प्रदीप अधिकारी र उनका खजाञ्ची त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरको आर्थिक चलखेल निजी एयरलाइन्सहरु धरासयी बन्दै गै रहेको जानकारहरुले बताएका छन् । नवनियुक्त नागरिक तथा पर्यटनमन्त्री सुदन किराँतीले हवाई क्षेत्रमा देखिएका यस्ता बेथितिहरु हटाउन सक्छन् कि सक्दैनन् भन्ने बहस चलेको छ ।
यता, नागरिक लगानी कोष र सञ्चय कोषको ऋणले थला परेको नेपाल वायुसेवा निगमले गत पुस २९ गते २३ करोड नौ लाख ५५ हजार रुपियाँ सञ्चय कोषलाई किस्ता बापत बुझाएको छ । निगमले यसअघि गत असारमा एक अर्ब ३५ करोड र गत कार्तिकमा ७३ करोड नौ लाख किस्ता तिरेको थियो । नेवानिले जहाजहरु कम हुँदा गती लिन नसके पनि पछिल्लो समय कार्यकारी निर्देशकको कुशल व्यवस्थापनका कारण सिँढी चढ्न थालेको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *