राहुल गान्धीको यात्रा पूरा

Nayabimarsha (Weekly Newspaper from Nepal)

नयाँ दिल्ली/ भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले कन्याकुमारीबाट शुरु गरेको ‘भारत जोडो यात्रा’ पूरा गरेका छन् । राहुलले सोमबार श्रीनगरस्थित कांग्रेस कार्यालयमा भारतको झण्डा फहराएर यात्राको समापन गरे ।
सेप्टेम्बर ७ मा राहुलले कन्याकुमारीबाट अभियानको शुरुआत गरेका थिए । भारतीय जनता पार्टी सत्तामा बसेपछि राहुल सडकमा पुगेका थिए । राहुलले सडकबाटै जताको समर्थन लिन यो अभियान शुरु गरेको बताइन्छ । यो यात्रा एक सय ४५ दिनको रहेको थियो ।
भारतीय राजनीतिमा अविच्छिन्न सत्ता सम्हाल्दै आएको भारतीय कंग्रे पार्टी पछिल्लो दशकमा एकदमै खस्किएको अवस्थामा पुगेको छ । भारत स्वतन्त्र भएदेखि नै भारतीय राजनीतिमा गान्धी परिवारको पकड रहँदै आएको अवस्थामा पछिल्लो दशकमा भने भारतीय जनता पार्टीले सत्ता सम्हाल्दै आएको छ । कंग्रेसको नेतृत्वमा गान्धी परिवारको विकल्प नदेखिने गरेको अवस्थामा केही महिनाअघि मात्र गान्धी परिवार बाहेकका व्यक्ति कंग्रेसको अध्यक्षमा निर्वाचित भएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *