आरोपी जोगाउन एमाले लाग्यो

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिनिधिसभाका एक सदस्यलाई जोगाउन नेकपा (एमाले) लागिपरेको छ । महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित लक्ष्मी कोइरी महतोको बचाउमा एमाले समर्थितहरुले प्रदर्शनी गरेका छन् ।
तराई मधेश आन्दोलनका क्रममा प्रहरी असई थमन वि.क.को हत्या अभियोगमा फरार रहेका कोइरी एमालेका सांसद हुन् । प्रहरीको फरार सूचीमा रहेका उनको बचाउमा एमाले र कोइरी समाजमा उत्रिएको छ । कोइरीमाथि झुट्टा मुद्दा लगाएको भन्दै नागरिक समाजको नाममा एमाले प्रदर्शनमा उत्रिएको छ । माघ ११ मा जनकपुरधाममा प्रदर्शन गरेको एमालेले अभियुक्त कोइरीको गाउँ गौशालामा सोमबार पनि नागरिक समाजको नाममा नै प्रदर्शन गरी कानून हातमा लिने प्रयास गरेको छ ।
कुशवाहा कल्याण समाज नामक कोइरी जातीय समूहले महतोलाई झुट्टा मुद्दा लगाइएका भन्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । मधेस आन्दोलनका क्रममा कोइरी मधुमेह र उच्च रक्तचापको समस्याका कारण घरमै स्वास्थ्यलाभ गरिरहेका बेला भएको असई थमनको हत्यामा सांसद कोइरीको कुनै संलग्नता नरहेको समाजको दाबी रहँदै आएको छ ।
२०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि उनलाई कारागार चलान गर्न आदेश दिएको थियो । फरार रहेकै बेला गत मङ्सिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट उनी एमालेको उम्मेदवार बनी निर्वाचित भएका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *