वडा कार्यालय नयाँ भवनमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

गोकणेश्वर/ गोकर्णेश्वर नगरपालिकाको वडा नं.६ को नयाँ भवन तयार भएपछि आफ्नै भवनबाट काम काज शुरु भएको छ । एक करोड ७० लाख रुपियाँको लागतमा जोरपाटी चौकमा नवनिर्मित वडा भवनको नगर प्रमुख दीपककुमार रिसाल र उप प्रमुख सान्नानी लामाले गत माघ ८ गते स्ांयुक्त रुपमा उद्घाटन गरे ।
सो नयाँ भवनमा प्राविधिक शाखा, राजश्व शाखा, प्रशासन शाखा, दर्ता चलानी शाखा, वडासचिवको कार्यकक्ष, वडा अध्यक्षको कार्यकक्ष र वडा सदस्यहरुको कार्य कक्ष सञ्चालनमा रहेका छन् । नयाँ भवनबाट कार्य सञ्चालन गर्दा सेवाग्राहीहरुले विभिन्न शाखाबाट सेवा लिंदा आपूmलाई खुशी लागेको भन्छन् वडा अध्यक्ष नवराज लामा । उनी भन्छन्, ‘जनप्रतिनिधिसँंग पनि सहज रुपले भेट हुने वातावरण हाम्रो वडामा बनेको छ । नजिकको स्थानीय सरकार नै वडा कार्यालय भएकाले जनताले पाउने सुविधा वडाबासीले पाउन् भन्ने मेरो विचार हो । प्रक्रिया पूरा भएर आएका कामलाई ढिला सुस्ती गर्नु हँुदैन सहज रुपले जनताको सेवा गर्छु ।’
धेरै वर्षसम्म भाडामा रहेको वडा कार्यालयलाई स्थायी रुपमा समाधान गर्न सफल भएकोमा आपूmलाई गर्व लागेको लामा बताउँछन् । वडाबासीले नयाँ भवनवाट सेवा लिदा सबैको अपनत्व झल्किएको उनी भन्छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *