डिजीका कारण नागरिक उड्डयन गन्हायो

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर / नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको द्रब्यमोहले सिमा नाघेपछि त्रिभुवन विमानस्थलको व्यवस्थापन भद्रगोल बनेको छ । भद्रगोल व्यवस्थापनका कारण यात्रुहरुले दैनिक सास्ती व्यहोर्दै आइरहेका छन् । पछिल्लो समय अध्यागमनको सर्भर बिगिँ्रदा यात्रुहरुले घन्टौ सास्ती भोगेका थिए । महानिर्देशक अधिकारीको जिम्मामा रहेको विमानस्थलमा अनुगमन र नियमन नहुँदा लापरबाही बढेपछि कानूनको कठघरामा ल्याउनु पर्ने वरिष्ठ क्याप्टेन कुमार पाण्डेले बताएका छन् ।
यसअघि गत माघ १ गते पोखरको सेतीखोंचमा दुर्घटना भएको यति एयरको जहाज पनि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरको लापरबाहीले भएको जानकारहरुले बताएका छन् । उक्त जहाज दुर्घटनामा चालक दलका चारजना सहित ७२ जनाले ज्यान गुमाएका थिए । गत साता नागरिक उड्डयन कार्यालय आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाल एक लाख ५० हजार घुससहित पक्राउ परेका छन् । चुडाल महानिर्देशक अधिकारीका भक्त रहेको बताइएको छ ।
विमानस्थलका प्रमुख ठाकुर र चुडालबाट मासिक रकम उठाएर डिजी बन्दा खर्च भएको रकम उठाउन अधिकारी केन्द्रित रहेको जानकारहरुले बताएका छन् । पास वितरणमा अवैध रकम उठाएर खल्ती भर्दै आएका अधिकारी र ठाकुरलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कारबाही गर्छन् कि गर्दैनन् त्यो भविष्यले बताउला ।
नागरिक उड्डयन नै नबुझेका अनुभवहीन र क्षमताहीन अधिकारीलाई डिजी मै राखे नागरिक उड्डयन प्राधिकरण ध्वस्त हुने कर्मचारीहरुले बताएका छन् । मन्त्री किराँतीको सेतो सर्टमा दाग लगाउने काम अधिकारीजस्ता कमिशनखोरबाट हुने हुँदा त्यसतर्फ ध्यान जानुपर्ने सरोकारवालाहरुले बताएका छन् । ऋणमा बनेको गौतम बुद्ध विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ब्याजको किस्ता र सञ्चालन खर्च धान्न नसकेको अवस्थामा महानिर्देशक अधिकारी दुबै विमानस्थलको कमिशन खल्तीमा हालेर कुम्भकर्ण निन्द्रामा रहेको बताइन्छ । सुधारोन्मुख नेवानी र कमिशनको अखडा मानिने पशुपति क्षेत्र विकास कोषको अनुगमन गरेका मन्त्री किराँतीले नागरिक उड्डयन प्राधिकरणको भित्रको आर्थिक चलखेल र डिजी अधिकारीको बेथिति बुझ्नु पर्ने अवस्था छ ।
हाल डिजीकै अक्षमताका कारण ५२ वटा विमानस्थलहरुमध्ये १३ वटा मात्र सञ्चालनमा रहेको स्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *