नेपाल एयरलाइन्सको नयाँ इतिहास

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नयाँ इतिहास रचेको छ । एयरलाइन्सको बुधबारको दुबई–काठमाडौं रुटमा उडेको ए३२० जहाजको सबै ‘क्रु मेम्बर’ महिला राखी यो इतिहास रहेको हो ।
पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले जहाज उडाई त्यसलाई काठमाडौं ल्याएका थिए । एयरहोस्टेस समेत सबै महिला राखेसँगै यो उडानको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हाली नेपाल एयरलाइन्सको इतिहासमा यसलाई नयाँ रुपमा स्थापित गर्ने कार्य गरिएको हो ।
यो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्वागत गरी हौस्याउने कार्य गरेका थिए । दुई दिन अगाडि चालक दलको यसै जोडीले यो जहाज दुबई लगेको थियो । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल एयरलाइन्सले यो संयोग जुराएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *