उद्योग विभागमा कोइरालाको वक्रदृष्टि

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ उद्योग विभागको महानिर्देशक बन्न दौडधूप र शक्तिकेन्द्र धाएका छ जना सहसचिवहरु किनारा लागेका छन् । यतिखेर भन्सार विभागको उपमहानिर्देशकबाट उद्योग मन्त्रालयमा सरुवा भएका सहसचिव यत्र कोइरालाको वक्रदृष्टि उद्योग विभागको महानिर्देशकमा परेको छ । जागिरे जीवनमा नेपाली काँग्रेसको समर्थक बने ब्रम्हलुट गरेका कोइराला अहिले कित्ता परिवर्तन गरी माओवादी केन्द्र निकट बनेको उद्योग मन्त्रालय श्रोतले बताएको छ ।
काँग्रेसको भर्‍याङ्ग चढेर मोरङको सिडिओ, भन्सार र राजश्वमा हुँदा लुड्याउनुसम्म लुड्याएका सहसचिव हुन् । उद्योग विभागमा आर्थिक चलखेल गर्न र कमाउनको लागि फड्को हानेका कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाईँ जीवन आचार्यलाई हतियार बनाई रकमको टेण्डर समेत गरेको श्रोतले बताएको छ । सुपारी आयात र पाँच अर्ब रुपियाँसम्मका उद्योग दर्ता, क्षमता बृद्धि र टे«डमार्क दर्ताबाट काँचुली फेर्ने सोंचमा रहेका कोइराला अन्तिममा माछो–माछो भ्यागुतोमा पर्ने जानकारहरुले बताएका छन् ।
यता, तात्कालीन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफू हिँड्ने बेलामा रातारात तीनजना सुब्बा गंगा के.सी. लगायत अधिकृत सुन्दर थापा र उपसचिव घनश्याम न्यौपानेलाई बालकोटको हवाला दिएर सरुवा गरेपछि एमाले निकट मानिने उनीहरु रुष्ट बनेका छन् । न्यौपानेलाई एमाले निकट भए पनि मन्त्री भण्डारीले १४ महिना अवधि नपुग्दै मन्त्रालयमा सरुवा भएका छन् । मन्त्री भण्डारीले २ महिने कार्यकालमा उद्योग मन्त्रालयमा आतंक मच्चाएको श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *