परामर्शदाताको लागि सम्झौता

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ संस्थागत परामर्शदाता रुपमा कार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपाल प्रा.लि.बीच सम्झौता भएकोे छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपाल प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक जगदीशबहादुर पालले हस्ताक्षर गरे ।
शैलेश्वरी पावर नेपाल प्रा.लि.पब्लिक कम्पनीमा परिवर्तन भएपश्चात लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले प्राथमिक शेयर निष्काशनको कार्य समेत गर्र्ने बताइएको छ । डोटी जिल्ला पूर्वीचौकी गाउँपालिकास्थित शैलेश्वरी पावर नेपाल प्रा.लि. प्रवद्र्धक निर्माणाधीन माथिल्लो गड्डीगाड जलविद्युत आयोजना १.५५ मेगावाट क्षमताको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *