अमेरिकी रकमले शाह थुनामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ शंकास्पद रकम नेपाल भित्र्याएको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहसमेतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको छ । उनीसमेत संलग्न मुद्दामा अदालतले ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अमेरिकाबाट अवैध तथा ठगी गरी रकम नेपाल भित्र्याएको आरोपमा उनीमाथि छानविनको कार्य भैरहेको छ । उनले गरेका कारोबारमध्ये २० करोड ४१ लाख ५८ हजार नेपाली रुपियाँ बैंकहरुले रोक्का गरेका छन् ।
२०७४ सालयता शाहको समूहले अमेरिकाका विभिन्न व्यक्तिसँग ठगी गरेर दर्जन बढी कम्पनीको नाममा नेपालमा रकम भित्र्याउँदै आएको भनी उनीमाथि छानविन गरिँदै आएको हो । उनले ५९ करोड ४८ लाख रुपियाँभन्दा बढी रकम ल्याएको आरोप छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शाहलाई गत पुस २२ गते पक्राउ गरेको थियो । अनुसन्धानपछि शाहसहितको समूहविरुद्ध ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराधको कसूरमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो । उनले नेपाल ल्याएको रकमलाई वैध बनाउने क्रममा तात्कालीन अर्थमन्त्री जनार्दन शर्मासमेत विवादमा आएका थिए । सोही प्रकरणमा अर्थमन्त्रीलाई असहयोग गरेको भन्दै नेपाल राष्ट्र बैंकको गभर्नरलाई समेत हटाउनेसम्मको प्रपञ्च भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *