अभिनेत्री वर्षाको सम्बन्ध टुट्यो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध टुटेको छ । अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग वैवाहिक सम्बन्ध राखेकी उनको सो सम्बन्ध नौ महिनामै कानूनी रुपमा टुंगिएको बताइएको छ ।
सिवाकोटीले दुई महिनाअघि कानूनी रुपमै आफूहरु अलग भएको सार्वजनिक गरेकी छिन् । उनीहरुले गत बैशाख ९ गते काठमाडौंमा धुमधामले विवाह गरेका थिए । विवाहलगत्तै उनी अमेरिका पुगेकी थिइन् ।
छिटो विवाह गर्दा एकले अर्कोलाई बुझ्न नसकेको र असमझदारी भएको भन्दै वर्षाले आफूहरुका बीचमा उत्पन्न असमझदारी सम्बन्धविच्छेदसम्म पुगेको बताएकी छिन् ।
उता, गेलालले सोमबार झापाकी समीक्षा विमली नामकी एक युवतीसँग विवाह गरेका बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *