‘खाटा बसेको घाउ’ लाकार्पण

Nayabimarsha (Weekly Newspaper from Nepal)

स्रष्टा जनक रावलको कथा संग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा भएको एक विशेष समारोहमा रावलको कथा संग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण गरिएको हो ।
सामारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, सिक्किमका वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठ, विशिष्ठ कालाकार लय संग्रौला, उत्तम के.सी., गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले उक्त कृतिको लोकार्पण गरेका थिए । यसैगरी कीर्तिमानी संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठ, लेखक राजनीतिक विश्लेषक केशवप्रसाद चौलागाईं, स्रष्टा जनक रावल र उनकी धर्मपत्नी कल्पना रावल, कृतिका सम्पादक कृष्ण भुसाल, गीतकार तथा निर्देशक गणेश सुवेदी, मिलाप फाउण्डेशनका अध्यक्ष गीता अधिकारीलगायतयले कृतिको लोकार्पण गर्नुभएको थियो ।
स्रष्टा रावलको २५औं वैवाहिक वर्षगाँठको अवसर पारेर गरिएको कार्यक्रममा रावल दम्पतीले एक–अर्कालाई दुवोको माला लगाइदिए । मिलाप पब्लिकेशनको आयोजनामा भएको कार्यक्रममा कृतिको समीक्षा सन्तोष श्रेष्ठले गरेका थिए । उनले संग्रहमा संग्रहित कथा वास्तविक जीवनसँग मेला खाने खालको भएको भन्दै यथार्थको नजिक रहेको जिकिर गरे ।
यस्तै, गीतकार संघका अध्यक्ष थापाले स्रष्टा रावल एउटा सशक्त गीतकारको रूपमा आफूले पाएको र अब उनको परिचय कथाकारका रुपमा आएको बताए । उनले रावललाई संघमा जोडिएर काम गर्न पनि आग्रह गरे । त्यस्तै, लेखक एवं राजनीतिक विश्लेषक चौलागाईंले राजधानीमा धेरै पुस्तक लोकार्पण कार्यक्रम हुने गरेका भए पनि यो कार्यक्रम विशेष खालको रहेको भन्दै स्रष्टा रावललाई बधाई तथा शुभकामना दिए ।
त्यसैगरी सिक्किमका स्रष्टा प्रधानले नेपाली भाषा, साहित्य, कला संस्कृतिका लागि जहाँ भएका नेपाली भए पनि आ–आफ्नो ठाउँबाट सक्दो योगदान पु¥याउनुपर्ने बताए । निर्देशक एवं कलाकार संग्रौलाले स्रष्टा रावलले नेपाली साहित्यिक फाँटमा पहिलो कृति नै सशक्त रूपमा लिएर आएको जिकिर गरे ।
प्रमुख अतिथिको आशनबाट वरिष्ठ पत्रकार एवं साहित्यकार दाहालले स्रष्टा रावलको कथा संग्रहमा द्वन्द्वसँग सम्बन्धित कथाले आफूलाई छोएको बताए । हिंसा कुनै पनि विषयमा जायज नभएको धारणा उनले राखे ।
स्रष्टा रावलले आफ्नो २५औं वर्षगाठमा कृति सार्वजनिक गर्ने अवसर जुरेकोमा खुशी व्यक्त गर्दै कविता सुनाए । कृतिका सम्पादक भुसालले संग्रहमा रहेका कथा यथार्थको नजिक रहेको र यसमा रहेको भाषा आञ्चलिक परिवेशका रहेको बताए । वरिष्ठ साहित्यकार खेमनाथ दाहालको भूमिका रहेको कृतिमा कृष्ण भुसालको सम्पादन र रमेश दाहालको भाषा सम्पादन एवं आवरण रहेको छ । कृतिमा १९ कथा संग्रहित छन् ।
सो अवसरमा सिक्किमका वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठलाई मिलाप विशिष्ट सम्मान प्रदान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *