बै.रो.मा अनियमितता

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ विदेशमा काम गर्ने नेपाली तथा पठाउने मेनपावर कम्पनीको दैनिकीसँग प्रत्यक्ष जोडिएको बैदेशिक रोजगार विभाग पछिल्लो समय झनै बदनाम भैरहेको छ । विदेशमा रहेका श्रमिकहरुको अधिकारमा भन्दा पनि उनीहरुले कुनै समस्या पाएमा त्यसलाई आधार बनाएर विभागका कर्मचारीहरुले कमाउधन्दा चलाएको आरोप लाग्ने गरेको छ ।
विदेशमा पठाउने मेनपावरहरुका विरुद्धमा सानातिना उजुरी परे पनि अनुसन्धान नगरी त्यस्ता मेनपावरहरुलाई कारोबार रोक्का गरी उनीहरुसँग पैसाको मोलमोलाई गर्ने गरेको पीडित मेनपावरका संचालकहरुले बताएका छन् । उनीहरुका अनुसार शुरुमा मोलमोलाइ गर्ने कार्य कर्मचारीहरुले घुमाएर गर्ने अनि मागेको रकम दिएमा केही नगर्ने तर नदिएमा भने कारोबार रोक्कासम्म गरिदिने गरिएको छ ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । बुधबार विशेष अदालत काठमाडौंमा पाण्डेविरुद्ध ३० हजार घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । उनले बैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा छानविन हुँदा उनले उक्त रकम लिएको पुष्टि भएको भनी आयोगले मुद्दा चलाएको हो । उनलाई नियन्त्रणमा लिएर आयोगले छानविन गरेको थियो ।
पाण्डेको यो विषय विभागमा हुने भ्रष्टाचार तथा अनियमितताको सन्दर्भमा एकदमै सानो उदाहरण मात्र रहेको बताइन्छ । उजुरी प¥यो कि कर्मचारीहरुको कमाउधन्दा खुल्यो भन्ने अवस्था त्यहाँ रहेको बताइन्छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *