अमेरिकामा पर्यटकमैत्री रोजगारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

एम. भट्टराई
अमेरिका/व्यापार र पर्यटक प्रवेशाज्ञा (भिजा) मा अमेरिका भ्रमण गर्ने व्यक्तिहरूले नयाँ कामको लागि आवेदन दिन सक्ने भएका छन् । एक अमेरिकी संघीय एजेन्सीका अनुसार बी–१, बी–२ भिजा भएका व्यक्तिहरूले पनि अन्तर्वार्ता दिन सक्छन्, तर यी व्यक्तिहरूले नयाँ काम शुरु गर्नुअघि उनीहरूको भिजा परिवर्तन गरेको सुनिश्चित गर्नुपर्ने कानूनी व्यवस्था गरिएको छ ।
अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस) ले ट्वीटमा जनाए अनुसार ‘जब गैर–आप्रवासी कामदारहरूलाई जागिरबाट हटाइन्छ, उनीहरूलाई आफूसँग भएका विकल्पहरूको बारेमा थाहा हुँदैन । उनीहरुले ६० दिनभित्र देश छाड्नुको विकल्प नभएको ठान्छन् ।’ अमेरिकामा रोजगारी समाप्त भएको भोलिपल्टदेखि ६० दिनको ग्रेस अवधि शुरु हुन्छ, जुन सामान्यतया ज्याला भुक्तानी गरिएको अन्तिम दिनको आधारमा निर्धारण गरिन्छ ।
जब एक कर्मचारीको रोजगार स्वैच्छिक वा अनैच्छिक रूपमा समाप्त हुन्छ, उनीहरूले अमेरिकामा बस्नको लागि योग्य हुन कुनै एउटा विकल्प लिन सक्छन् । यसमा गैर–आप्रवासी स्थिति परिवर्तनको लागि आवेदन, रोजगारी प्राधिकरण कागजातको लागि आवेदन, वा रोजगारदाताहरू परिवर्तन गर्न याचिका दायर गर्ने कुरा रहन्छ । युएससीआइएसका अनुसार यदि यीमध्ये कुनै एक कार्य ६० दिनको अवधि भित्र भयो भने, गैरआप्रवासीको अमेरिकामा आधिकारिक बसाई ६० दिनभन्दा बढी हुन सक्छ । यदि कर्मचारीले ग्रेस अवधि भित्र कुनै कारबाही गरेन भने उसले र उसको परिवारले ६० दिन भित्र वा तिनीहरूको आधिकारिक वैधताको अन्त्यमा, जुन कम हुन्छ, देश छोड्नु पर्नेछ ।
यसरी युएससीआइएसले ट्वीट गरेको अवस्थामा धेरै मानिसहरूले बी–१ वा बी–२ स्थितिमा नयाँ जागिर खोज्न सकिन्छ कि सकिँदैन भनेर सोधेका छन् । जवाफमा ‘सकिन्छ’ भन्ने आएका कारण धेरै मानिसले यसप्रति चासो व्यक्त गरेका छन् । बी–१ वा बी–२ रहेकाहरुलाई जागिर खोज्ने र पदको लागि अन्तर्वार्ता लिने अनुमति रहेको भनी ट्वीटमा स्पष्ट पारिएको छ ।
वैकल्पिक रूपमा यदि भिजा परिवर्तन अस्वीकार गरियो वा नयाँ रोजगारीको लागि अपील गरिएको कन्सुलर वा पोर्ट अफ एन्ट्री सूचनाको लागि अनुरोध अस्वीकार गरियो भने त्यस्ता व्यक्तिले संयुक्त राज्य छोड्नुपर्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *