अनेसासले शशी र सापकोटालाई सम्झँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार वासु शशी र भाषाशास्त्री महानन्द सापकोटाको सम्झनामा कार्यक्रम गर्ने भएको छ । नेपाली नाटक र कविताका क्षेत्रमा अमेट्य नाम वासु शशीको ८७ औँ जन्मजयन्तीको सन्दर्भ पारेर आगामी शनिवार शशीलाई सम्झना गर्ने भइएको गोवद्र्धन पूजाले जानकारी दिए । कार्यक्रममा शशीको साहित्यिक योगदानका बारेमा चर्चा गर्नुका साथै उनका चर्चित कविताको वाचन गरिने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।
यसैगरी अप्रिल २९, शनिवारकै दिन भाषाशास्त्री महानन्द सापकोटाको सम्झनामा कार्यक्रम गरिने भएको छ । अनेसास जर्जिया च्याप्टरको संलग्नतामा गरिने उक्त कार्यक्रममा सापकोटाको साहित्यक योगदानका बारेमा चर्चा गरिनुका साथै खुल्ला कविता वाचन गरिने बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *