काठमाडौं/ नेकपा (एमाले) भित्रका विपक्षी नेताको हैसियत बनाएका डा भीमबहादुर रावलको हैसियत उक्त दलमा कस्तो रहला भन्ने प्रश्नचिन्ह खडा भएको छ । एमालेको दशौँ महाधिवेशनपछि एकाध समय बाहेक एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली र रावलको बीचमा संवादहीनता रहेको अवस्थामा अबका दिनमा रावलको हैसियत कस्तो होला भन्ने जिज्ञासा छाउनु स्वाभाविक रहेको बताइन्छ ।
दशौं महाधिवेशनपछि नै दलको जिम्मेवारी बाहिर रहेका पूर्वउपाध्यक्ष रावलमाथि ‘मिसन ग्रास रुट’ को बेला अछाममा निषेधको घटना भएपछि रावल झनै आक्रामक भएका थिए । उनलाई कारबाही गरी बाहिर निकाल्नेसम्मको तयारी गरिएको थियो । रावललाई दलबाट बाहिर नराख्न नेता कार्यकर्ताहरुले दबाब दिएका कारण उनी अहिलेसम्म एमालेमै अडिएका छन् । एमालेको दशौँ महाधिवेशनमा ओलीसँग अध्यक्षमा पराजित भएका रावललाई त्यसपछिका दिनमा ओलीले दलबाट बाहिरिए हुन्थ्यो भन्ने किसिमका व्यवहार गर्दै आएका छन्् ।
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको वार्ता टोलीले रावलसँग हालै संवाद गरेको थियो । त्यो बेला दुवै पक्ष आफ्ना कमजोरी स्वीकार गर्ने र पार्टी हितमा लाग्नेगरी अघि बढ्ने विषयमा छलफल भएको बताइन्छ । रावलले अध्यक्ष ओली, उपाध्यक्ष पौडेल वा महासचिव शंकर पोखरेलले औपचारिक रूपमा बोलाएर छलफल गरेको अवस्थामा मात्र आफ्ना असन्तुष्टि र पार्टी कामका विषयमा कुराकानी गर्ने अडान राखे पनि ओली उनसँग वार्ता गर्ने पक्षमा नरहेको स्रोतले बताएको छ ।
रावललाई दशौँ महाधिवेशनलगत्तै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय सल्लाहकार कमिटी सदस्य मनोनीत गरे पनि उनले त्यसलाई स्वीकारेका थिएनन् । सुदूरपश्चिममा राम्रो प्रभाव राख्ने रावललाई जिम्मेवारीविहीन बनाउँदा र टिकट नदिँदा ४ मंसिरको चुनावमा दलले क्षति व्यहोरेको बुझाइमा कार्यकर्ता रहे पनि ओली उनलाई जिम्मेदारी दिने पक्षमा नरहेको समाचार स्रोतले जानकारी दिएको छ ।
रावलको हैसियतमाथि प्रश्नचिन्ह
Facebook Comments Box
