चौथाइवालेले कसलाई भेटे ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले विभिन्न राजनीतिक दलका व्यक्तित्वहरुलाई भेटी हिजो विहीबार स्वदेश फर्किएका छन् । नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका थिए ।
उनी प्रधानमन्त्री दाहालको भारतभ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री दाहाल बैशाखको तेस्रो हप्ता भारत भ्रमणमा जाने भएका छन् । दाहालको भ्रमणअघि भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेको नेपाल भ्रमणलाई लिएर विभिन्न किसिमका टिप्पणी भैरहेका छन् ।
नेपालको राजनीतिमा भारतीय पक्षको हस्तक्षेप हुने गरेको भन्ने आरोप लाग्दै आएको छ । त्यसैलाई मलजल गर्ने गरी चौथाइवालेले नेपाल भ्रमण गरेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *