अर्थका ‘क्याडर’ वाणिज्यको महानिर्देशक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले रिक्त वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकमा सहसचिव गजेन्द्र ठाकुरलाई नियुक्त गरेका छन् । तात्कालीन महानिर्देशक महेश भट्टराई राष्ट्रिय योजना आयोगमा सरुवा भएपछि डेढ महिनादेखि विभाग नेतृत्व विहीन बनेको थियो ।
रिक्त अवधिमा निमित्त बनेका प्रशासन शाखाका उपसचिव डमरु निरौलाले व्यापक चलखेल गरेको जानकारहरुले बताएका छन् । गत २०७९ साल चैत महिनाको अन्तिम सातातिर वाणिज्य विभागको महानिर्देशक बनेका ठाकुर अर्थमन्त्रालयका ‘क्याडर’ हुन् । सहसचिव हुँदा ठाकुरले त्रिभुवन विमानस्थल भन्सार कार्यालय र तात्कालीन आन्तरिक राजश्व कार्यालय क्षेत्र नं.१ को नेतृत्व गरेका थिए । त्यसपछि मधेश प्रदेशमा सरुवा भै तात्कालिन नेकपा (एमाले) नेतृत्वको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको पालामा संघअन्तर्गतको उद्योग, वाणिज्य मन्त्रालयमा फर्किएका थिए ।
अर्थको ‘क्याडर’ भए पनि मन्त्रालयमा बस्ने अवसर नपाएका ठाकुरलाई तात्कालिन अर्थमन्त्रीहरुले आँखाको कसिंगर ठानी उपत्यका बाहिर सरुवा गरेको सामाचार श्रोतले वताएको छ । आस्था र विचार जेसुकै भए पनि ठाकुर शालीन मानिन्छन् । वीरगञ्जका व्यवसायी राकेशमान सिंहले अवैध रुपमा भारत निकासी हुने पोस्तादाना, केराउ र सुपारी लगायतका खाद्य सामाग्रीको आयात खुलाउनका लागि ठाकुरलाई वाणिज्य विभागको डिजी बनाउन मन्त्री रिजाललाई सिफारिस गरेको चर्चा चलेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *