अर्थमा खान र ख्वाउन सक्ने सचिवको खोजी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अर्थ मन्त्रालय नेपाली काँग्रेसको भागमा परेपछि प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । अर्थमन्त्री महत भए पनि छाया अर्थमन्त्री आरजू राणा देउवा भएको जानकारहरुले बताएका छन् । अर्थमन्त्रालयमा नेतृत्व फेरिएसँगै खान र ख्वाउन सक्ने अर्थ सचिवको खोजी शुरु भएको छ । सम्भवतः आगामी बैशाख १० गते हुने बारा २, चितवन २ र तनहुँ १ को उपनिर्वाचनपछि अर्थ र गृहमन्त्रालय लगायतका केही सचिवहरु परिवर्तन हुने बताइएको छ ।
अर्थमन्त्रालयमा हाल तोयम राय अर्थसचिव छन् । सचिव रायलाई तात्कालिन अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालयमा भित्र्याएका हुन् । सचिव रायलाई खान सक्ने निर्णय गर्न नसक्ने आरोप लागेको छ । तात्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गर्न सिसिटीभी काण्ड मच्चाएपछि अर्थसचिवबाट मधु मरासिनी सरुवा भएपछि राजश्व सचिव रहेका कृष्णहरि पुष्कर ‘कर्ण’ अर्थ सचिव बनेका थिए ।
सचिव पुष्करलाई हटाएर तात्कालीन अर्थमन्त्री पौडेलले उद्योग मन्त्रालयबाट रायलाई अर्थमा ल्याएका हुन् । आगामी बजेट लोकप्रिय बनाउनका लागि अर्थका जानकार सचिव बैकुण्ठ अर्याललाई अर्थसचिव बनाउन मन्त्री महतले चाहे पनि भाउजु आरजू राणाले माल फिट्न सक्ने क्षमता भएका सचिवद्वय मरासिनी र पुष्करमध्ये एकजनालाई अर्थसचिव बनाउने चर्चा चलेको छ । दुबै जना आरजू निकट मानिन्छन् ।
मरासिनीभन्दा पुष्कर चतुर र चलखेल गर्न माहिर रहेको जानकारहरुले बताएका छन् । सचिव मरासिनी स्याङ्जाबासी भए पनि उनलाई कसैले चिन्दैनन् । जागिरे जीवनमा उनले अधिकांश समय अर्थका मालदार ठाउँहरुमा विताए पनि स्याङ्जाबासीलाई केही नगरेको आरोप लागेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *