गरुड विवादमा तानियो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ ‘गरुड सपोर्ट सर्भिसेज प्रा.लि.’ विवादमा मुछिएको छ । सो कम्पनीले दुई महिनासम्म श्रमिकहरुको तलब नदिएपछि विवादमा परेको हो । त्यसको विरोधमा श्रमिकहरु आन्दोलनमा उत्रिएका छन् ।
काठमाडौंको बाँसबारी, चप्पलकारखानामा कार्यालय रहेको कम्पनीले सुरक्षाकर्मीको रुपमा काम गर्ने मजदुरहरूलाई दुई महिनासम्म तलब नदिएपछि उनीहरु विरोधमा उत्रिएका हुन् । उनीहरूले आन्दोलन गरेपछि दुई महिनाको तलब दिने सहमति कम्पनीले जनाउन बाध्य भएको छ । अघिल्ला दुई महिनाको तलब दिने सहमति गरे पनि आगामी दिनमा यो कम्पनीले नियमित रुपमा तलब दिनेमा शंका रहेको भनी श्रमिकहरु विस्तस्त भने हुन सकेका छैनन् ।
देशभरिमा नौ हजार सुरक्षाकर्मी (श्रमिक) यो कम्पनीले कर्मचारीको रुपमा खटाएको छ । गरुड सेक्युरिटीका म्यानेजिङ डाइरेक्टर सबलचन्द्र शाहका कारण पनि उनीहरु आन्दोलित बन्न बाध्य बनाइको बताइन्छ । अन्य कम्पनीलाई यो कम्पनीले श्रमिक उपलब्ध गराए बापत राम्रो रकम लिने गरे पनि शाहको हैकमवादका कारण उनीहरुले समयमा आफ्नो तलब समेत नपाउने गरेको गुनासो पीडितहरुको रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *