गृहसचिवमा भट्टराई

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नक्कली भूटानी शरणार्थी प्रकरणमा दुईजना पूर्वगृहमन्त्रीहरु र बहालवाला सचिव तानिएपछि सरकारले गृहसचिव परिवर्तन गरेको छ । नयाँ गृहसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई जिम्मेवारी दिइएको छ ।
यसअघिका गृहसचिव विनोदप्रकाश सिंहलाई मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । हाल थुनामा रहेका सचिव टेकनारायण पाण्डेलाई सरुवा गरिएपछि गृहसचिवको जिम्मेवारी सम्हालेका सिंह सात महिनामै सरुवा भएका छन् । सिंहलाई पूर्वगृहमन्त्री बालकृष्ण खाणले ल्याएका थिए ।
यता, नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेपछि हाल लोकसेवा आयोगमा रहेका राजकुमार श्रेष्ठको र श्रम तथा रोजगार सचिव एकनारायण अर्यालले गृहमन्त्रालय जाने चाहना राखे पनि भट्टराईले बाजी मरेका छन् । सचिव भट्टराईलाई गृहमा हुने बेथिती र आपराधिक गिरोहलाई रोक्न र शान्तिसुरक्षा तन्दुरुस्त राख्न प्रमुख चुनौती रहेको छ तथापि पछिल्लो समय गृहमन्त्री श्रेष्ठ बाघ बनेर गर्जदा गृह प्रशासन थर्कमान बनेको जानकारहरुले बताएका छन् ।
गृहमन्त्री श्रेष्ठ एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट गएपछि सचिव सिंहलाई कार्यविधि काण्ड लगाएर एमालेप्रति झुकाव राख्ने संखुवासभाका भट्टराईलाई ल्याइएको प्रशासनवृतमा गाँंईगँुंई चर्चा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *