‘जिउँदो शहीद’ मुकेशको निधन

Nayabimarsha (Weekly Newspaper from Nepal)

बनेपा/ दोस्रो जनआन्दोलनमा घाइते भई ‘जिउँदो शहीद’ रुपमा चिनिने मुकेश कायस्थको बुधबार निधन भएको छ । मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालका अनुसार उपचारका क्रममा बुधबार राति ८ बजे उनको निधन भएको हो ।
मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । १७ वर्षदेखि ‘जिउँदो शहीद’ का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको अध्यक्ष नेपालले जानकारी दिए ।
२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेपछि उनी हिंडडुल गर्न नसक्ने अवस्थामा थिए । गोली लाग्दा मुकेशको उमेर १४ वर्षमात्र थियो । उनलाई सरकारले जिउँदो शहीद घोषणा गरी उनको जिविकोपार्जन तथा उपचारमा सरकारले सहयोग गर्दै आएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *