विद्यार्थी नेता छान्न विद्यालयमा मतदान

Nayabimarsha (Weekly Newspaper from Nepal)

विराटनगर / विराटनगर महानगरपालिकाको वडा नं.५ स्थित मुनालपथमा रहेको विद्या भूमि विद्यालयमा विद्यार्थीहरुले आफ्नो नेता छान्न गत शुक्रबार मतदान गरेका छन् ।

विद्यालयको हेड गर्ल र हेड ब्वाई छान्नका लागि शुक्रबार मतदान गरेका हुन् । कक्षा २ देखि १० सम्मका दुई सय बढी छात्रछात्रा मतदानमा सहभागी भएका विद्यालयले जानकारी दिएको छ । विद्यार्थीलाई मतदानबारे जानकारी दिन र नेता छान्ने प्रकृया बुझाउनका लागि मतदान गरिएको विद्यालयका प्राचार्य पराग ढुंगानाले बताए । विद्यालयमा मतदान गरेर नेता चयन गर्दा विद्यार्थीले निर्वाचन र मतदान कसरी गर्ने भन्नेबारे व्यावहारिक ज्ञान पाउने उनले बताए ।

विद्या भूमि विद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक र जीवनोपयोगी सीप सिकाउँदै आएको ढुंगानको भनाइ छ । विद्यार्थीको कक्षा र उमेर अनुसार उसले जान्ने पर्ने सीपहरु विद्यालयले दिँदै आएको उनले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *