खाण पैसा डुबेकोमा चिन्तित

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउमा परी अनुसन्धानको दायरामा परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण झनै चिन्तामा परेका छन् । उनी थप चिन्तामा पर्नु भनेको घूसको रुपमा लिएको रकममध्ये केही फिर्ता गर्नु तथा त्यो समेत डुब्नु कारण रहेको छ ।
सो प्रकरणमा परेका खाणले लिएको रकममध्ये एक करोड रुपियाँ हिरासतमा रहेका व्यक्तिहरुको बयान फेर्नका लागि भनी आङटावा शेर्पामार्फत फिर्ता गरेको बताइएको छ । हिरासतमा रहेका सचिव टेकनारायण पाण्डेले हिरासतबाटै एक पत्र खाणलाई पठाई लिएको रकम फिर्ता गरी उनीहरुको बयान फेर्न सुझाव दिए अनुसार खाणले शेर्पामार्फत रकम फिर्ता गरेका समाचार स्रोतले बताएको छ ।
यसरी फिर्ता गरिएको रकम पनि शेर्पाले आफूले उठाएका व्यक्तिहरुलाई ७० लाख रुपियाँ फिर्ता गर्न भनी राखी बाँकी रहेको ३० लाख रुपियाँ मात्र सानु भण्डारीका दाजुमार्फत फिर्ता गरेका बताइएको छ । यस्तो अवस्थामा पैसा फिर्ता गरे पनि खाण हिरासतमा रहनु परेको छ । सोही कारण उनी थप चिन्तामा परेको बताइएको छ । लिएको पैसा फिर्ता गरेको कुरा बाहिर आएपछि आफूले घूस लिएको प्रमाणित हुने कुराको चिन्ता एकातिर उनमा छ भने अर्कातिर त्यसरी फिर्ता गरेको रकम पनि भोलिका दिनमा बिगोबाट नघट्ने कुराको चिन्तामा उनी छन् ।
यसैगरी यो प्रकरणमा खाणकी पत्नी मञ्जू खाणको नाम पनि जोडिएकाले बालकृष्ण खाण थप चिन्तामा रहेको बताइएकोे छ । मञ्जूमाथि कुनै पनि बेला छानविन हुनसक्ने तथा उनी पनि अनुसन्धानको दायरामा परी हिरासतमा आइपुग्ने चिन्तामा बालकृष्ण रहन पुगेका बताइको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *