काठमाडौं/ टेलिफोन माफियाहरुले दूरसञ्चार प्राधिकरणको अध्यक्ष पुरुषोत्तम खनाललाई हटाउन असम्भव प्रयास शुरु गरेका छन् । दूरसञ्चार प्राधिकरणका तात्कालिन अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि खनाल २०७६ साल श्रावणमा खुला प्रतिस्पर्धाबाट ४–५ जनालाई पछि पारेर अध्यक्ष बनेका हुन् ।
उनको कार्यकाल आगामी २०८१ साल श्रावण ६ गतेसम्म अर्थात् १४ महिना बाँकी छ । उनलाई बाँकी १४ महिना बस्न नदिन टेलिफोन माफिया चलखेल शुरु गरेको समाचार स्रोतले बताएको छ । आफ्नो स्वार्थ पूरा नभएपछि भारतीयहरुको लगानी रहेको युटिएल, विनोद चौधरीको सिजी, अजय सुमार्गीको हेलो नेपाल र स्मार्ट टेलिकमका सर्बे सफोशी खनालविरुद्ध गोलबद्ध भएका छन् ।
स्मार्ट टेलिकममा २० प्रतिशतर ८० प्रतिशत विदेशी लगानी रहेको छ भने पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहको अप्रत्यक्ष रुपमा सबैमा लगानी रहेको जानकारहरुले बताएका छन् । प्राधिकरणमा आफ्नो वर्चश्व र स्वार्थ पूरा गर्न विनोद चौधरीले गोकर्ण सिटौला र रविन्द्र झालाई सञ्चालक सदस्यमा नियुक्त गरिसकेका छन् । अध्यक्ष पनि आफ्नो मान्छे ल्याउन पाए प्राधिकरण कब्जा गर्न सकिन्छ भन्ने सपना देखेर चौधरी चलखेलमा लागेको समाचार सूत्रले बताएको छ ।
माफिया गु्रपले प्राधिकरण पुष्पकमल दाहाललाई दबाब दिएर विभिन्न निहुँमा सताउने काम गरेका छन् । यो कम्पनीले सञ्चारमन्त्री रेखा शर्मालाई पनि जानकारी गराई हटाउनका लागि परेका छन् जबकि अध्यक्ष खनालले सरकारलाई युटिएलले तिर्नुपर्ने राजश्व नतिरेसम्म डेक नचल्ने पक्षमा छन् । राज्यलाई हानी नोक्सानी हुने कुनै निर्णय गर्न तयार नभएपछि माफियाहरुका लागि क्षमतावान् खनाल आँखाको कसिंगर बन्न पुगेका छन् ।
यो समूहले दुई अर्ब ६९ करोड ४० लाख रुपियाँ विगो जरिवाना र कैद सजाय पाएका भ्रष्टाचारी सुंरक्षण कोषका वकिल पौडेललाई ल्याउने तयारी गरेको थियो ।