पत्रकारमाथि दुव्र्यवहारको भत्सर्ना

Nayabimarsha (Weekly Newspaper from Nepal)

अर्घाखाँची/ पत्रकारहरुमाथि दुव्र्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले घटनाको भत्सर्ना गरेको छ । महासंघका अर्घाखाँची शाखाका कार्यसमिति सदस्य तथा हिन्दुखबर डटकमका प्रधानसम्पादक एवं ग्यालेक्सी टेलिभिजनका सम्वाददाता घनश्याम पौडेल र सञ्चारकर्मी रूकमागत भट्टराईलाई समाचार संकलनका क्रममा गरिएको दुव्र्यवहार र सञ्चार सामग्री खोसिएको घटनाप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ अर्घाखाँची शाखाका अनुसार २०८० जेठ १४ गते आइतबार अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं.६ धातिवाङ्गस्थित धातिवाङ्ग माध्यामिक विद्यालयको विद्यायल व्यवस्थापन समिति गठन प्रक्रियाको स्थलगत रिपोर्टिङ्गका लागि पुगेका पत्रकारद्वमाथि विद्यालयका प्रधानाध्यापक, शिक्षक र उपस्थित केही अभिभावकसहितले दुव्र्यवहार र हातपात गर्दै पत्रकारको क्यामेरा र माइकसमेत खोसेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *