सू.ई.हरुको सरुवामा मन्त्रीको चासो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत जेठ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले केही सुपरिटेण्डेन्ट इन्जिनियर (सू.ई.) हरुको पद स्थापना र जिम्मेवारी हेरफेर गरेका छन् । जसमध्ये सुईमा बढुवा भएका शुभराज न्यौपाने र कुवेश नेपालीलाई हुलाकी राजमार्ग निर्देशनालय र जलमार्ग आयोजना निर्देशनालय र जलमार्ग आयोजनामा पदस्थापन गरिएको छ ।

मन्त्री ज्वालाको हस्तक्षेपमा गत फागुन ३ गते तात्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ (हाल गृहमन्त्री) सडक विभागको पुल महाशाखाबाट आयोजना निर्देशनालय एडीबीमा सरुवा गरेका उमेश विन्दु श्रेष्ठलाई मन्त्रालय सरुवा गरेका छन् । करिब साढे तीन महिनामै सरुवा भएका श्रेष्ठको ठाउँमा हुलाकी राजमार्ग निर्देशनालयका आयोजना प्रमुख चुडाराज ढकाललाई पठाइएको छ । ढकाललाई मन्त्रकी रुचि अनुसार पठाइएको चर्चा चलेको छ भने श्रेष्ठले कसैलाई रिझाउन नसक्दा सरुवा भएको समाचार श्रोतले बताएको छ । हुलाकीमा सरुवा भएका न्यौपाने दुई वर्ष मन्त्रालय बसेर सुई परीक्षा उत्तीर्ण गरी गरेका क्षमतावान् युवा हुन् ।

यसैगरी, जलमार्ग आयोजनाका सुई विनोद मौवारलाई सुदूरपश्चिमाञ्चलको संघीय सडक तथा सुपरिवेक्षण कार्यालयमा पठाई उक्त ठाउँमा नेपालीलाई तलब खानका लागि पठाइएको छ । सुईहरुको अवकाश हुने क्रममा आजबाट (जेठ २६) मन्त्रालयका विकास सहायता समन्वय महाशाखा प्रमुख शिव नेपालको पनि अवकाश भएको छ । उक्त ठाउँमा हाल पूर्वाधार निर्माण महाशाखाका सुई अर्जुन जंग थापालाई लगी थापाको ठाउँमा उमेशविन्दुु श्रेष्ठलाई पदस्थापना गरिने बताइएको छ । सुई थापा पनि आगामी कार्तिक पहिलो साताबाट अवकाश हुँदैछन् । आगामी आर्थिक वर्ष श्रावण–भाद्रमा हुने सुई र डिईहरुको सरुवामा मन्त्री ज्वालाको विशेष चासो रहने जानकारहरुले बताएका छन् ।
यो आर्थिक वर्षपछि सडक विभागको नेतृत्व पनि परिवर्तन हुने चर्चा चलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न नसक्दा निर्माणाधिन सडकहरुको सुधार हुन सकेको छैन । यसका कारण यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् ।

अर्थमन्त्रालयमा हाल २२ जना प्रशासनका, १ जना कानून र १ जना आईटी गरी जम्मा २४ जना सहसचिव छन् । जसमध्ये अधिकांश एमाले र केही माके निकट वामपन्थी रहेको समाचार श्रोतले बताएको छ ।

भन्सार विभागका उप महानिर्देशक सेमन्तक पोखरेल खोटाङको खार्पाली पोखरेल भए पनि एमाले नेता ईश्वर पोखरेलका भतिज हुन् भने अर्थसचिव पोखरेल पर्वतबाट नवलपरासी झरेपछि एमाले नेता विष्णुप्रसाद पौडेलसँंग निकट भएको उनलाई चिन्ने, जान्नेहरूले बताएका छन् । जतिसुकै सुनपानी छर्केर यी सहसचिवहरूलाई चोख्याए पनि यिनीहरूले अर्थमन्त्रीलाई सहयोग र सफल हुन नदिने सिंहदरबारका सुलसुलेहरूले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *