भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नक्कली भूटानी शरणार्थी प्रकरणको विरोधमा नेकपा (एकीकृत समाजवादी) उत्रिएको छ । हिजो विहीबार माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्दैै सो दलले उक्त प्रकरणमा जोडिएका कसैलाई पनि त्यत्तिकै नछोड्न खवरदारी पनि ग¥यो ।
सो प्रकरणमा बुधबार नै सो दलले प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको स्मरण गराउँदै विरोध प्रदर्शनीका क्रममा एकीकृत समाजवादीका नेताहरुले मुलुक भ्रष्टाचारले आक्रान्त बनेको बताए । सो दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र देशभरबाट जिल्ला प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यो प्रकरणमा सरकारलाई खुट्टा नकमाउन आग्रह पनि गरेको छ । भ्रष्टाचारकै कारण मुलुकको अवस्था गम्भीर मोडमा पुगेको भन्दै एकीकृत समाजवादीका नेताहरुले यो प्रकरणमात्र नभई अन्य विभिन्न फाइलहरु पनि खोलिनुपर्ने बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *