प्रेस युनियन काठमाडौंमा गौतम

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं÷ नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम निर्वाचित भएका छन् । दिलीपप्रकाश कार्कीलाई एक सय ८६ मतान्तरले पछाडि पार्दै गौतम निर्वाचित भएका हुन् । गौतमले तीन सय १५ मत पाए भने कार्कीले एक सय २९ मत पाए ।
त्यसैगरी सचिवमा सन्तोष अधिकारी दुई सय ८५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी केशव पाण्डेले एक सय ५१ मत पाए । सोमबार भएको जिल्ला अधिवेशनले ३४ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । अन्य पदमा सर्वसम्मत चयन भएको हो ।
उपाध्यक्षमा रोमन आचार्य (पुरूष), महिला उपाध्यक्षमा श्रद्धा कोइराला, सचिवमा सन्तोष अधिकारी, सह–सचिवमा पूजा बगाले र कोषाध्यक्षमा प्रदीप कार्की निर्वाचित भए । यस्तै, सदस्यहरुमा प्रवीन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्णबहादुर कार्की, भूपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी, सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे (डेविड) चयन भए । यस्तै राजु थापा, प्रसन्न मुलिक, मनोज भण्डारी, किशोर दाहाल, रामचन्द्र मिश्र, अनुप प्रधान, मिन्साङ लामा, रमेश सेन्चुरी, विनिता क्षत्री, मुना दाहाल (आइशा), सिर्जना मिश्र, सकुन्तला राना मगर, प्रकृति खड्का र केसिना ढकाल पनि सदस्यमा चयन भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *