पशुपतिमा जलहरी पुनःस्थापित

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ करिब एक सय आठ किलो तौलको जलहरी पशुपतिनाथ मन्दिरमा विहीबार पुनःस्थापित गरिएको छ । गर्भगृहमा मूल भट्ट र अन्य दुई समूहले उक्त जलहरीलाई पुनःस्थापित गराएका हुन् । भारतको कर्नाटकाबाट लोहा आइपुगेपछि पुराना तामा तथा चाँदीको जलहरीमाथि उक्त जलहरी सन्तुलित रूपमा राखिएको बताइएको छ ।
उक्त जलहरीमा ९६ किलो सुन र करिब १२ किलो चाँदी, तामालगायतका अन्य धातु मिसाइएको बताइएको छ । जलहरी पुनस्र्थापित गर्नुपूर्व त्यसमा कुँदिएका तात्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र संस्कृतिमन्त्री भानुभक्त ढकाललगायत १३ को नाम मेटाइएको पनि समाचार स्रोतले जानकारी दिएको छ ।
जलहरी पुनःस्थापनामा यसअघि विवाद भएकाले अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी निकाली धातुको शुद्धता तथा मात्रा जाँच गरी पुनस्र्थापित गराएको हो । विवादित विषयका बारेमा भने आयोगले केही कुरा पनि जानकारी गराएको छैन । उक्त जलहरी दुई वर्षअघि स्थापित गर्ने नाममा तात्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसहित विवादमा तानिएका थिए । सोही विषयलाई लिएर आयोगले अहिले नाप, जाँच गरे पनि त्यसको पूर्ण विवरण भने सार्वजनिक गरेको छैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *