बचतकर्ताको रकम कति सुरक्षित ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

अनुषा थापा

आम सर्वसाधारणले आफ्नो रकम सुरक्षित हुने र सँगै ब्याज पनि आउने प्रलोभनमा बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्छन् । पछिल्लो समय बैंकका कर्मचारीहरुले नै बचतकर्ताको रकम खाताबाटै उनीहरुलाई थाहै नदिई गायब गर्न लागेका खबरहरु पनि आइरहेका छन् । अहिले आपूmले बैंकमा रकम जम्मा गरेको छ र दुई–तीन महिनासम्म बैंक नगए रकम नै गायब भएका घटनाहरु पनि बाहिर आइरहेका छन् । बैंकका कर्मचारीहरुको मिलोमत्तोमा अहिले रातारात बचतकर्ताको रकम चोरी भइरहेको बताइन्छ । हामी बचतकर्ता भने एक पटक बैंकमा खाता खोलेर रकम जम्मा गरेपछि ढुक्क भएर बस्छौं ।
आफ्नो रकम घटबढ भएको समेत हामी महसुस गर्दैनौं । अब यस्तो अवस्था छैन । बैंकमा बचत गरेपछि अब बचतकर्ताले आफ्नो रकमको सुरक्षा आफैंले गर्न आवश्यक भइसकेको छ । बचतकर्ताले रकम सुरक्षित रहेको विश्वाससाथ आफ्नो घरमा बस्छन् ।
कसलाई थाहा कि बैंककै कर्मचारीले बचतकर्ताको खाताबाट रकम गायब गर्छन् भनेर । जोकोही अहिले बैंकबाट आफ्नो रकम हराएको आरोप लगाउँछन् । उनीहरु मौन छन् । बैंकमा गएर आफ्नो रकम हराएको भनेर कर्मचारीहरु छैन कि उसै बचतकर्तालाई नै गालीगलौज गर्छन् ।
जसले गर्दा उनीहरु अलमली भई चुपचाप गर्छन् । अहिले बैंकका कर्मचारीदेखि सञ्चालक समेत चोर भएका छन् । आम सर्वसाधारणले विश्वासका साथ आपूmले दुःखले कमाएको रकम बैंकका सञ्चालक र कर्मचारीको मिलोमत्तोमा गायब भइरहेकका छन् ।
त्यसैले, अब जनता सरकारी बैंकमा नै होस् या प्राइभेटमा आफ्नो रकम छ भनेर ढुक्क भएर बस्नुहुन्न किनकि बैंकका कर्मचारीहरुले रातलाई नै दिन बनाएर बचतकर्ताको रकम खाताबाटै गायब गर्दै आएका छन् । जनताले अब आफ्नो रकम कतै गडबढ त भएको छैन भनेर महिनामा दुई पटक जाँच गर्नुपर्छ । बैंकमा आफ्नो रकम सुरक्षित रहेको भन्दै घरमा निदाएर बस्ने दिन अहिले गएको छ । बैंककै कर्मचारी अहिले लुटेरा भएका छन् । बचतकर्ताले विश्वासका साथ राखेको रकम उनीहरु धमाधम चोरी गरिरहेका छन् ।
पहिला–पहिला जग्गा दलाली, भूमाफिया र बिचौलियाहरुले जग्गा धनीलाई थाहै नदिई किर्ते गरेर अन्यलाई बेच्ने गरेको सुनिन्थ्यो । त्यसरी नै अहिले बजारमा बैंकका कर्मचारीहरुले बचतकर्ताको रकम खाताबाटै गायब पारेको प्रशस्तै सुनिन्छ । सर्वसाधारण जनताले बैंक तथा वित्तीय संस्थामा विश्वास गर्ने दिनको अहिले अन्त्य भएको छ । अधिकांश नागरिक अहिले पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्नबाट वञ्चित छन् । अहिले त बैंकमा खाता खोलेका मानिसहरुले पनि आफ्नो खाता बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
बैंकका सञ्चालक र कर्मचारीहरु लोभी हुँदा पनि आज आम सर्वसाधारणको रकम डुब्ने अवस्थामा पुगेको हो । अझै पनि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले बचतकर्तासँग घात गर्ने हो भने कोहीले पनि बचत गर्ने छैनन् । बैंकका कर्मचारीहरुले वर्षोदेखि यस्तो गैरकानूनी काम गर्दै आएका थिए । अहिले आएर मात्र बचतकर्ताले यो कुरा थाहा पाएका हुन् । बचतकर्ताहरु लामो समयसम्म बैंकमा आफ्नो रकम निकाल्न वा हाल्न नगएमा अथवा बचतकर्ताको मृत्यु भई उसले आफ्नो आफन्त वा परिवारलाई आफ्नो बैंकमा रकम रहेको भनेर नभने बैंकका कर्मचारी र सञ्चालकले सो रकम भ्mवाम पारिदिन्छन् ।
अहिले बैंक तथा वित्तीय संस्थामाथि विश्वास गर्ने कुनै आधार नै छैन । जनताले आफ्नो घरमा रकम चोरी हुने डरले बैंकमा बचत गरे । बैंककै कर्मचारी यस्तो निस्किन्छन् भनेर कसले सोचेको थियो र ! अब सरकारले कि त बैंकका कर्मचारीलाई कारबाही गर्नुपर्छ होइन भनेर आफ्नो रकम आफैं घरमा सुरक्षित राख्नुस् भनेर भन्नुपर्छ ।
सहकारीका सञ्चालक र कर्मचारीका कारण आज करोडौं बचतकर्ताको बिचल्ली भएको छ । उनीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । अहिले बजारमा बैंक पनि डुबेको हल्ला चलेको छ । जसले गर्दा आम सर्वसाधारणले बैंकमा बचत गर्न छोडेका छन् ।
अहिले विस्तारैविस्तारै जनताले बैंक तथा वित्तीय संस्थाामाथिबाट आफ्नो विश्वास गुमाइसकेका छन् । उनीहरुले थाहा पाइसकेका छन् कि बैंकका कर्मचारीदेखि सञ्चालकसम्म चोर जस्तै भएका छन् । एक छाक मिठो नखाई दुःख गरेर कमाएको रकम आपतकालीन समयमा काम लाग्ने आशामा बैंकमा बचत गरियो ।
सोही रकममा बैंकका कर्मचारी र सञ्चालकले मोजमस्ती गरे । रातारात बचतकर्ताको रकम खाताबाटै गायब बनाइदिएका छन् । अहिले ३५ हजारभन्दा सहकारीमा करोडौं बचतकर्ताले राखेको खर्बो रकम बालुवामा पानी हालेझै भएको छ । यसको जिम्मेवारी अब कसले लिन्छ ?
सहकारीका सञ्चालकदेखि बैंकका कर्मचारी, चेयरम्यानहरु अहिले बचत फिर्ता माग्न जाँदा एउटै जवाफ दिन्छन्, ‘हाम्रो कर्जा लगानी घर, गाडी र शेयरमा छ । अहिले यसको कारोबार ठप्प भएको हुँदा समस्या परेको हो । तर, बिक्री हुनेबित्तिकै तपाईँहरुको रकम फिर्ता गर्छाैं ।’
के हिजो बचतकर्ताले आफ्नो रकम घरजग्गा, गाडी र शेयरमा लगानी गर्न भनेर जम्मा गरेका थिए । उनीहरुले थोरै भए पनि ब्याज आउने प्रलोभनमा बचत गरे । थोरैको लोभ गर्दा आज जीवनभरको कमाइ गएको छ । बजारमा घरजग्गा, गाडी र शेयरको मूल्य बढोस् कि घटोस्, यसको मतलब बचतकर्तालाई छैन । बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारीहरु यसको मूल्य घटेको हुँदा बचत फिर्ता गर्न नसकेको बताउँछन् । अब यसको मूल्य कहिले बढ्ने र कहिले उनीहरुले बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने ? अहिले यसको ठेगान छैन ।
सरकारले च्याउ उम्रिएझैं बैंक तथा वित्तीय संस्था खोल्न अनुमति दियो । सरकार करको लोभमा प¥यो । अनि बैंक तथा वित्तीय संस्थाका कर्मचारी र सञ्चालकको आँखा बचतकर्ताको रकममाथि प¥यो । यसले गर्दा आज उनीहरुले करोडौं बचतकर्ताको रुवाबासी बनाइदिए ।
बैंकहरुले यस्तो लापरबाही गरेर बचतकर्ताको रकम डुबाइदिँदा समेत नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मौन छन् । यता, यत्रो बचतकर्ताको रकम सहकारीले खाइदिँदा समेत सहकारीमन्त्री रञ्जिता श्रेष्ठ चुपचाप छिन् । सहकारी पीडित बचतकर्ताहरु अहिले माइतीघर मण्डलामा आन्दोलित छन् ।
त्यसरी नै अहिले बैंकका पीडित बचतकर्ताहरु पनि बैंकको यस्तो रबैयाविरुद्ध आन्दोलन गर्ने तयारीमा छन् । बैंकबाटै बचतकर्ताको रकम चोरी हुन्छ भनेर सुन्दा सर्वसाधारण जनता छक्क पर्छन् । केही दिनअघि विभिन्न बैंकमा बचत गरेका बचतकर्ताको खाताबाटै रकम गायब भएको कुरा बाहिरिएको थियो ।
माछापुच्छ«्रे बैंक, प्रभु बैंक, सिन्धु बैंक, एभरेष्ट बैंकलगायतमा खाताबाटै लाखौं रकम हराएको बचतकर्ताको आरोप छ । त्यसैले, अब बचतकर्ताहरु बैंकमा रकम सुरक्षित छ भनेर ढुक्क भएर बस्नुहुन्न । समय समयमा बैंकमा आफ्नो रकम सुरक्षित छ कि छैन भनेर जाँच गर्न आवश्यक परिसकेको छ ।
सहकारीहरुले कसरी बचतकर्ताको खाताबाटै रकम गायब बनाउँछन् भनेर भन्नुपर्दा राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका बचतकर्ताको कुरा सुन्दा स्पष्ट हुन्छ । सिन्सियरका बचतकर्ता त आफ्नो रकम खाताबाट गायब भएको भन्छन् नै तर धितो राखेर ऋण लिएका ऋणी समेत तिरेको किस्ता खाताबाटै हराएको बताउँछन् ।
आपूmले महिनामहिनामा ऋणको किस्ता तिरे पनि साँबाव्याज नघटेको र तिरेको रकम समेत खाताबाटै गायब भएको उनीहरुको आरोप छ । बैंक तथा वित्तीय संस्थाको लुटतन्त्र खुलेआम छ । उनीहरुले बचतकर्ता र ऋणीको आँखामा दिउँसै धुलो हालेका छन् । रातलाई दिन बनाएर ठगेका छन् । अहिले पनि अधिंकाश मानिस अशिक्षित छन् । उनीहरुले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर बचत त गर्छन् । कुन मितिमा कति रकम राखेको भनेर थाहा पाउँदैनन् । जसले गर्दा बैंकका कर्मचारीहरुले उनीहरुको खाताबाटै रकम गायब बनाइदिन्छन् ।
बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारी आफ्नो स्वार्थका लागि बचतकर्ता र ऋणी दुवैलाई कंगाल बनाउने काम गरिरहेका छन् । त्यसैले, अब जनता सचेत हुन आवश्यक छ । आप्mनो रकम बैंकमा सुरक्षित छ भनेर बस्नुहुन्न । बचत गडबढ भएको यकिन भएमा उनीहरुविरुद्ध उजुरी र मुद्दा दायर गर्नुपर्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *