सतर्कता केन्द्र तात्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ हरेक वर्षको साउनमा के के न गरुँला झै गर्ने राष्ट्रिय सतर्कता केन्द्र यस वर्षको साउनको आगमनसँगै फेरि तातेको छ । यस क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आ.व.२०७९÷८० को सम्पत्ति विवरण बुझाउन केन्द्रले आग्रह गरेको छ ।
आर्थिक वर्ष शुरु भएको मितिले ६० दिनभित्र सार्वजनिक जिम्मेवारीमा रहेका पारिश्रमिक पाउने वा नपाउने सम्पूर्ण पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन केन्द्रले आग्रह गरेको हो । सार्वजनिक पद धारण गरेका व्यक्तिले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (३) बमोजिम कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने गर्दछ ।
केन्द्रले हरेक वर्ष यसरी सूचना प्रकाशन गर्ने गरे पनि कतिपय अवस्थामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुले समेत समयमा सम्पत्ति विवरण नबुझाउने गरेको पाइन्छ । यसरी उच्च ओहदामा बसेका व्यक्तिहरुले समेत सम्पत्ति विवरण नबुझाउने गर्दा अन्यहरुले समेत त्यस्तै गर्ने गर्दा धेरैजना हरेक वर्ष जरिवाना बुझाउने गरेको पाइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *