ललितपुर/ नेपाली कांग्रेसको केन्द्रीय समितिको मंगलबार बसेको बैठकपछि बाहिर निस्कने क्रममा कांग्रेस नेतृ आरजू राणा देउवा र केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका बीचमा भएको संवाद अहिले चर्चामा रहेको छ । शिवाकोटीसँग आरजूले आक्रोश पोखेको देखेर त्यहाँ उपस्थितहरु अक्क न बक्क भएका थिए ।
बैठकस्थलबाट बाहिने क्रममा नेताहरू एकअर्कासँग भलाकुसारी गरिरहेका बेलामा आरजूले अजयलाई आफूतिर बोलाउँदै बाहिर के–के बोल्दै हिँड्नुभएको छ हँ ? भनी प्रश्न गरेकी थिइन् । शिवाकोटीले ‘के बोलेँ र ?’ भन्दा आक्रोशित आरजूले बाहिर कसले के बोल्यो भन्ने आफूले थाहा पाउने गरेको र शिवाकोटीले बोलेको कुरा पनि थाहा पाएको बताएकी थिइन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा शिवाकोटीले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै उनी आक्रोशित बनेको बताइएको छ । यो प्रकरणमा एउटा अडियो सार्वजनिक भएको छ, जसमा आरजुूो नाम जोडिएको छ । शिवाकोटीले भने शरणार्थी प्रकरणमा कुनै पनि दोषी उम्कन नहुने बताउँदै आएका छन् ।
अजयमाथि आरजूको आक्रोश
Facebook Comments Box