नक्कली कर्मचारी बन्ने पत्रकार पक्राउ

Nayabimarsha (Weekly Newspaper from Nepal)

सुनसरी/ सुनसरीमा पत्रिका चलाउने एक पत्रकार नक्कली कर्मचारी बनेको आरोपमा पक्राउ परेका छन् । सुनसरीको तरहरास्थित एक औषधि पसलमा औषधि व्यवस्था कार्यालय विराटनगरको कर्मचारी बनेर पाँच लाख रुपियाँ माग (बार्गेनिङ) गरेको अभियोगमा पत्रकार लुकमान अन्सारी पक्राउ परेका हुन् ।
सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशित भूकम्प साप्ताहिकका सञ्चालक समेत रहेका अन्सारीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ । तरहराको एक औषधि पसलका व्यवसायीसँग औषधि व्यवस्था कार्यालय विराटनगरको कर्मचारी रहेको र अनुगमन गर्न आएको भनी रु.पाँच लाख मागेको समयमा उनी पक्राउ परेका हुन् । नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य रहेका अन्सारीलाई प्रहरीले म्याद थप गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *