महरा अनुसन्धानका लागि थुनामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ जिल्ला अदालत काठमाडौँले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको हो । संगठित अपराधमा प्रहरीले ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउँछ । २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको कुरा आएपछि फरार अवस्थामा रहेका राहुलले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।
सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएपछि राहुलमाथि पनि अनुसन्धान थालिएको हो । ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महराले अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउँदै आए पनि उनलाई बयानका लागि समेत बोलाइएको छैन । उनले चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रुपमामात्र चिनेको बताउने गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *