‘रेड जोन’ मा अर्थ र गृह सचिव

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ व्यक्तिगत स्वार्थमा रमाउन र कमाउन खप्पिस विवादास्पद पृष्ठभूमिका सचिव कृष्णहरी कर्ण पुस्कर साढे पाँच महिनामै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । सचिव पुष्करलाई तात्कालिन मन्त्री अमनलाल मोदीले सरुवामा असुली गर्न सहजताका लागि ल्याएका थिए ।
मन्त्री मोदी गत श्रावण २९ गते पदमुक्त भै उक्त पदमा जनमत पार्टीकी अनितादेवी साह आएकी छन् । त्यसैगरी सचिव पुष्करको ठाउँमा विनोदप्रकाश सिंहलाई ल्याइएको छ । भदौ महिना कर्मचारीहरुको सरुवा गर्ने महिना भएकाले सचिव पुष्कर अर्थसचिव बन्ने रणनीतिमा साम, दाम, दण्ड भेद हिसाबले अघि बढेको समाचार श्रोतले बताएको छ ।
तात्कालीन अर्थ सचिव मधु मरासिनीले करका दर हेरफेर गरेपछि सरुवा भएका थिए । मरासिनीपछि राजश्व सचिवबाट पुष्कर अर्थ सचिव भएका थिए । संघीय चुनावपछि बनेको सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई सरुवा गरेका थिए । अहिले काँग्रेसबाट अर्थमन्त्री बनेपछि सचिव पुष्कर नेतृ आरजु राणा देउवालाई खुशी पारेर अर्थ मन्त्रालय छिर्न लागि परेका समाचार स्रोतले दाबी गरेको छ । हालका अर्थसचिव अर्जुन पोख्रेललाई अर्थको बारेमा राम्रो ज्ञान नहुँदा लटपटाई रहेको र निर्णय क्षमता पनि कमजोर रहेको आरोप लगाइएको छ ।
यता, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको चाहना अनुसारका काम गर्न नसकेपछि सचिव दिनेश भट्टराई पनि चार महिनामै सरुवा हुने भएका छन् । भट्टराईको ठाउँमा गोर्खाका हाल लोकसेवामा कार्यरत सचिव राजुकर्मी श्रेष्ठको चर्चा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *