वडाध्यक्ष रिजालको निधन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ काठमाडौं महानगरपालिका वडा नं.१६ का वडाध्यक्ष मुकुन्द रिजालको हिजो विहीबार निधन भएको छ । उनको निधनको कारण डेंगु रहेको बताइएको छ । उनी डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा पाँच दिनदेखि उपचारत रहेको महानगरपालिका स्रोतले जानकारी दिएको छ ।
फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पताल स्रोतले जानकारी दियो । रिजाल नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए । दोस्रो पटक निर्वाचित हुँदा उक्त वडाबाट उनले चार हजार पाँच मतसहित विजयको माला पहिरिएका थिए । रिजाल कांग्रेस क्षेत्र नम्बर ७ का सभापतिसमेत हुन् । रिजालका श्रीमती र दुई छोरा छन् । महानगरपालिकाले उनको पार्थीव शरीरलाई राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको थियो । सामाजिक सञ्जाल खासगरी टिकटकमा समेत वडाध्यक्ष रिजाल छाउने गरेका थिए । स्पष्ट वक्ताका रुपमा उनलाई स्थानीयबासीले चिन्ने गरेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *