भुटान एयरलाइन्सले काठमाडौं उडान गर्ने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्सले भदौ ३० गतेदेखि काठमाडौंमा उडान गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले यो कुराको जानकारी दिएको हो ।
नेपालमा साताको चार उडान हुने जानकारी दिइएको छ । आइतबार, सोमबार, बुधबार र शनिबार चार उडान हुने कम्पनीले जनाएको छ ।
भुटान एयरलाइन्सले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण रोकिएको काठमाडौंका उडानहरु पुनः शुरु गर्न लागेको हो । भुटानले पर्यटन प्रवद्र्धन गर्ने र नेपाल–भुटान सम्बन्धलाई सुदृढ गर्ने प्रतिवद्धता अनुरुप सन् २०१३ देखि भुटान एयरलाइन्सले आफ्नो पहिलो काठमाडौं उडानको शुरुवात गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *