सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारणसभा बुधबार सिटिसी मल, सुन्धारा, काठमाडौंमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष भोलाबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने निर्णय गरेको छ । यसैगरी सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।
कम्पनीको विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरुप्रति धन्यवाद व्यक्त गर्दै कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा परोक्षरुपले सल्लाह, सहयोग, मार्गदर्शन गर्ने तथा योगदान दिने सम्बद्ध सबैलाई कम्पनीले धन्यवाद दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *