पोखरामा तीज महोत्सव

Nayabimarsha (Weekly Newspaper from Nepal)

पोखरा / हरितालिका तीजको अवसरमा पोखरामा तीन दिने तीज सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । पर्यटन महिला व्यवसायी संघ, नेपाल (टेवान) ले पहिलो पटक आयोजना गरेको गण्डकी प्रदेशस्तरीय तीज महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन, महिला प्रतिस्पर्धा र महिला उद्यमी सम्मेलन लगायतका कार्यक्रम गरिएको थियो ।
लेकसाइडको कोमागाने पार्कमा भदौ २५ देखि आयोजित महोत्सव भदौ २७ गतेसम्म भएको थियो । महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिला उद्यमी, स्थानीय उत्पादन र विभिन्न महिला प्रतिस्पर्धात्मक कार्यक्रमसमेत आयोजना गरिएका थिए । कोभिड महामारी र आर्थिक मन्दीले सुस्त बनेको पोखराको पर्यटनलाई चलायमान बनाउन यसले मद्दत पु¥याएको चर्चा छ । कार्यक्रममा पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद्, नाटा, टान, रेबान, एनआरएन लगायत संघ संस्थाहरुको सहयोग तथा सहकार्य थियो ।
महोत्सवमा राधिका हमाल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले पनि बेजोड प्रस्तुती दिएका थिए । महोत्सवमा महिला तीज गीत प्रतिस्पर्धा, दौड, महिला भलिबल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता लगायतका कार्यक्रम पनि सम्पन्न भएका थिए ।
टेवानकी अध्यक्ष कमला गिरीले पोखराले तीज महोत्सवलाई पनि स्थापित गर्दै सबै सरोकारवालालाई जोड्न सफल भएको बताइन् । नेपाली महिलाहरुको महान पर्व तीजलाई सरकारी सहयोगको सुनिश्चितता अझै नभएको भन्दै उनले अबदेखि बजेट आउँदा रातो किताबमै हरितालिका तीज कार्यक्रमलाई सरकारबाट सहयोग हुनुपर्नेमा जोड दिइन् ।
समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र थापा लगायतको ध्यानाकर्षण गराउँदै टेवानकी अध्यक्ष गिरीले आगामी दिनमा यस किसिमका कार्यक्रमलाई प्राथमिकतामा राखेर महिलाहरुको योजना, कार्यक्रम, उत्पादन र विकासशील सोचलाई परिस्कृत गर्नुपर्नेमा पनि जोड दिइन् ।

कार्यक्रममा मन्त्री दीपेन्द्र थापाले पोखराका पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न महोत्सवले भूमिका खेलेको भन्दै आगामी दिनमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
यस्तै कार्यक्रममा सांसद सरस्वती गुरुङले पोखरामा पहिलो पटक व्यावसायिक हित र स्थानीय उत्पादनको प्रवद्र्धनको कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने बताइन् । यस्तै टेवानका सल्लाहकार तथा पर्यटन व्यवसायी गणेश भट्टराईले टेवानले ठूलो जोखिम उठाएर पोखराको पर्यटन प्रवद्र्धनका लागि काम गरेको भन्दै आगामी दिनमा तीज महोत्सवलाई सबैले साथ सहयोग दिनुपर्ने बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *