परिवारका अग्रज अभिभावकलाई सम्मान

Nayabimarsha (Weekly Newspaper from Nepal)

सिन्धुली/जीवनको ७० बसन्त पार गरी परिवार र समाजमा अग्रजको भूमिका निर्वाहमा रहेका बृद्धबृद्धाहरुलाई मुडुला कार्कीहरुले एक समारोहको आयोजना गरी सिन्धुलीमाडीमा सम्मान गरेको छ ।
क्षेत्री जातिमा पर्ने मुडुला कार्कीहरुको छाता साझा संस्था मुडुला कार्की कुलायन व्यवस्था समिति नेपाल कमलामाई नगर समितिको आयोजनामा भएको सो कार्यक्रममा ७० जना बृद्धबृद्धा र एकल महिलाहरुलाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ ।
सो अवसरमा एक सय एक वर्षीया अग्रज बृद्धा शारदा कार्कीदेखि ७० वर्ष माथिका बृद्धबृद्धा र एकल महिलाहरु समेत एक साथ सिन्धुलीमाडीमा भेला गराई सम्मान गरिएको सो संस्थाका कमलामाई नगर अध्यक्ष भुवबहादुर कार्कीले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *