मोतीरामका जन्मजयन्ती मनाइयो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती हिजो विहीवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि.सं. १९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका उनको वि.सं. १९५३ भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका कारण उनलाई राष्ट्रिय विभूतिको सम्मान पनि दिइएको छ ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिनमा युवाकवि मोतीराम भट्टको विशेष योगदान रहेको थियो । यसैगरी आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउने कार्य पनि उनै मोतीराम भट्टले गरेका थिए ।
नेपालमा छापाखानासमेत भित्र्याउने कार्यमा पनि उनको विशेष योगदान गरेको बताइन्छ । त्यही छापाखानामार्फत नेपालमा जनस्तरको पत्रकारिताको शुरुवात भएको मानिन्छ । नेपालमा पत्रकारिता शुरुआत गर्ने व्यक्तित्वका रुपमा पनि मोतीरामको योगदान रहेको बताइएको छ ।
भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *