भूमि व्यवस्थामा महानिर्देशकको खोजी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ आगामी २०८० असोज १२ गते भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक पद्म सोती र कार्तिकमा भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयका सहसचिव धु्रव पण्डितको ५८ वर्षे उमेरहदका कारण अवकाश हुँदैछन् ।
भूमिसुधारमा जागिर खाई लामो समय विताएका सोती जग्गा प्रशासनका विज्ञ मानिन्छन् । सरकारले जग्गाको कित्ताकाट खुलाए पनि कार्यान्वयन नहुँदै महानिर्देशक सोती अनिवार्य अवकाशमा परेका छन् । अहिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ छन् । कागताली परेर मन्त्री बनेकी श्रेष्ठलाई विषयवस्तुबारे पर्याप्त ज्ञान नभएको मन्त्रालयका कर्मचारीहरुले खासखुस गर्ने गरेका छन् ।
हाल मन्त्री श्रेष्ठको सचिवालयमा सरोज बुढाथोकी र निजी सचिवको जिम्मेवारी उपसचिव वसन्त पुरीले सम्हाल्दै सघाई रहेका छन् भने रणबहादुर चौधरीले पनि सहयोग गर्ने गरेका छन् । यतिबेला कर्मचारीहरुको सरुवाको समय भएकाले बुढाथोकीले हस्तक्षेप गरी नियमित सरुवामा दबाब दिने गरेको मन्त्रालय श्रोतले बताएको छ ।
स्टोरकिपर, खरिदार, नायब सुब्बा, अधिकृत र सहसचिवको सरुवामा चलखेल गरेको आरोप बुढाथोकीमाथि लाग्ने गरेको छ । अबको १५ दिनपछि नेतृत्वविहीन बन्न लागेको मालपोत अर्थात् भूमि व्यवस्था तथा अभिलेख विभागको महानिर्देशक कसलाई बनाउने भन्नेमा बुढाथोकीले हिसाब किताब शुरु गरेको श्रोतले बताएको छ ।
हाल मन्त्रालयका सहसचिवहरुमध्ये पीताम्बर घिमिरे सचिवको लाममा रहेकाले फेरी विभागमा नफर्कने चर्चा चलेको छ । हालै सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका तीनजना सहसचिवहरुमध्ये शिव रेग्मी सापकोटा र सुवेदीको तालुमा आलु फल्ने गाइँगुईँ हल्ला चलेको छ । बढी सम्भावना रेग्मीको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *