डा. अधिकारीलाई विज्ञान तथा प्रविधि पुरष्कार

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ अष्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा. राजु अधिकारीलाई पहिलो गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार प्रदान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा स्थापित उक्त पुरष्कार पाउने उनी पहिलो गैर आवासीय नेपाली वैज्ञानिक रहेको बताइएको छ ।
प्रधानमंत्री पुष्पकमल दाहालले उक्त पुरस्कार बुधबार प्रदान गरे । एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले डा. अधिकारीको तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए । स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, ओएलइडी खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नवीन प्रकारका वातावरण मैत्री प्लास्टिक पदार्थहरुको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नवीन प्रविधि विकास गर्नमा डा. अधिकारीको योगदान रहेको बताइएको छ । यसैगरी विदेशमा रही नेपाल साइन्स फाउन्डेशन ट्रष्ट लगायतका संस्थामार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्व विद्यालय तथा प्रज्ञा प्रतिस्ठान र अनुसन्धान केन्द्रहरुसंग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा योगदान पु¥याएकाले डा अधिकारीलाई उक्त पुरष्कार प्रदान गरिएको नाष्टले जनाएको छ ।
दाङ्ग देउखुरी मुसुरियानिवासी डा. अधिकारी हाल अष्ट्रेलियाको सीएसआइआरओ र आरएमआइटी विश्वविद्यालयमा प्रमुख अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत छन् । डा अधिकारीले २६ ओटा पेटेन्टहरु दर्ता गरेका छन् । उनले सन् १९८७ देखि १९९१ सम्म तात्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान (रोनाष्ट) को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुखको रुपमा पनि काम गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *