काठमाडौंका सडकको रुपरंग फेरिँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ डिभिजन सडक काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले नयाँ सोच र अवधारणा लिएर काम शुरु गरेका छन् । २०८० भदौ २६ गते सडक डिभिजन काठमाडौंमा सरुवा भै असोज १४ गतेदेखि जिम्मेवारी सम्हालेका डिभिजन प्रमुख भण्डारीले २०८० असोज १६ गतेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको निर्देशन अनुसार काम शुरु गरेका छन् ।
सूर्यविनायक–धुलिखेल बर्दिवास सडकको कार्यालय रहेको भवनलाई मर्मत गरी बस्न लायक क्वाटर बनाई प्रयोग समेत गरेका छन् । यसअघिका डिभिजन प्रमुखहरु सबैको घर काठमाडौंमै भएकाले क्वाटरको जरुरत परेको थिएन । त्यसैगरी पेप्सीकोलामा भएको सडकको जग्गामा कम्पाउण्ड वाल लगाउन शुरु गरेका छन् । यसबाहेक सीतापाइला र टेकु पचलीमा पनि सरकारी जग्गाको संरक्षण गरी सुरक्षित गर्ने प्रकृया अघि बढाएको समाचार स्रोतले बताएको छ ।
डिभिजन प्रमुख भण्डारीले यसअघि बाँकी रहेका व्याच टाल्ने काम ११२४६.२३ वर्षमिटर, ओभरले २२.४ कि.मी. र सडक रंगरोगन ४५०० वर्गमिटर सम्पन्न गरेका छन् । बजेटको अभावले रन्थनिएको अवस्थामा पनि २०७९ फागुनमा सम्झौता भएको सडक विभागको केन्द्रीय भवन निर्माणको काम हेभी इक्वीपमेन्ट डिभिजनमा रहेका पुराना गाडीहरु, घर टहरा हटाई निर्माण कार्य शुरु भै दु्रत गतिमा काम भैरहेको श्रोतले बताएको छ । यसबाहेक कार्यालयको डिभिजन प्रमुखको कार्यकक्ष अपांगमैत्री बनाइएको र काठमाडौंका सडकहरु खाल्डाखुल्डी रहित बनाई नयाँ जोश जाँगर सहित अघि बढेकाले काठमाडौंका सडकहरुको रुपरंग फेरिएको जानकारहरुले बताएका छन् ।
यता, आगामी आर्थिक वर्ष २०८१ असार मसान्तभित्र सडक विभाग र रेल विभागका दुईजना सुपरिटेण्डेण्ट इञ्जिनियरद्वय नरेशमान शाक्य (२०८१ असार २९) र रोहितकुमार विसुराल (२०८१ जेठ ४ गते) र सिडिईहरु विजयकुमार थापा (२०८० माघ १२ गते), वीरेन्द्र गौतम (२०८१ असार १२), दानकुमार शाक्य (२०८० माघ २४) मा अवकाश हुने र कैलासप्रसाद देश गत भदौ ३ गते अवकाश भएको समाचार स्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *