मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड माझीलाई

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ गायक एंव संगीतकार यमन माझीले ‘सर्वोकृष्ट गायक’ को विधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन् । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त अवार्डसहित मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित मनास्लु पोष्टद्वारा आयोजित “सातौं मनास्लु राष्ट्रिय अवार्ड– २०८०” मा माझीलाई अवार्ड प्रदान गरिएको हो ।
मनबहादुर पुनको अध्यक्षतामा भएको सो कार्यक्रममा आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर प्रमुख अतिथि थिए । यसैगरी बरिष्ठ अधिवक्ता गौबहादुर आले मगर विशिष्ट आतिथ्यतामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको कार्यक्रममा “एक विधा एक स्टार” सातौ मनास्लु राष्ट्रिय अर्वाड–२०८० मा विभिन्न क्षेत्रमा क्रियाशील रहँदै राष्ट्रलाई विशेष योगदान पु¥याएका व्यक्तित्वहरुलाई अर्वाडद्वारा सम्मान गरिएको थियो । यसैगरी सम्मानित व्यक्तित्वहरुको प्रकाशित जीवनी एक तारा (भाग ७) को विमोचन पनि गरियो ।
माझीले आपूmलाई थप जिम्मेवारी बोध भएको र आफूलाई भाग्यमानी महशुस भएको बताए । माझीले आफ्नो समुदायको उत्थानको निम्ति गीत सङ्गित, फिल्म, डकुमेन्ट्रीसमेत निर्माण गरेका छन् । उनी विभिन्न संघसंस्था, कार्यक्रम तथा समारोहबाट सम्मानित भइसकेका छन् । उनले अभिनय गरेको ‘मोङो डोङा २’ बाट पहिलो ज्योमो गाङ फिल्म अवार्ड २०१८ मा उत्कृष्ट नव अभिनेताको अवार्ड हात पारेका थिए । उनलाई बिरिसु मिडिया प्रा.लि.ले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस् अवार्ड २०७८ मा माझी समुदायको उत्थानका निम्ति गरेको योगदानको कदर गर्दै “माझी किङ” को उपाधिबाट सम्मान दिइएको थियो ।
त्यसैगरी छैठौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई माझी किङ सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको थियो । माझी समुदायको पहिलो रेकर्ड गरिएको भाषिक गीत गाएर उनले आफ्नो पहिचान बनाएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *